
![]() |
नयाँ प्रधानमन्त्री तीन दिनभित्रै, प्रचण्ड पक्का
काठमाडौं, १७ साउन । राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समय सकिएसँगै व्यवस्थापिका संसदले सोमबारबाटै बहुमतिय प्रक्रिया सुरु गर्ने भएको छ । राष्ट्रपति भण्डारीले सहमतिको सरकार गठनका लागि सात दिनको समय आइतबार सकिएपछि सोमबार बस्ने संसद बैठकले बहुमतिय प्रक्रिया सुरु गर्ने भएको हो ।सहमतिको सरकार गठ
संसद सचिवालयका अनुसार सोमबार बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि मंगलबार उम्मेदवारी दर्ताका लागि समय तोकिने छ भने बुधवार निर्वाचन गराइनेछ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संयुक्त रुपमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले गत साउन १० गते सहमतीय नयाँ सरकार गठनका लागि भन्दै एक साताको समय दलहरुलाई दिएकी थिइन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेपाली कांग्रेस, लगायतका साना दलको समर्थन रहेकाले सम्भवतः बुधवार देशले नयाँ प्रधानमन्त्री पाउनेछ । आफ्नो पक्षमा मतदान गर्न माओवादी केन्द्र र कांग्रेसले मधेसवादी दलहरुसँगको छलफललाई समेत तीब्रता दिएका छन् ।

![]() |
0 comments:
Post a Comment