
![]() |
प्रेमिकाको विषयलार्इ लिएर ‘ग्याङ फाइट’, एकको मृत्यु
काठमाडौं, १७ साउन । युवतीको विषयलार्इ लिएर क्षेत्रपाटीमा भएको ‘ग्याङ फाइट’ मा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा क्षेत्रपाटीकै सुशान्त श्रेष्ठ छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ११ जनालाई पक्राउ गरेको छ। अन्य आठजना भने फरार छन्। महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौरका अनुसार प्रेमिकालाई अर्को युवक सरोज श्रेष्ठसँग देखेपछि सुशान्तले साउन ८ गते क्षेत्रपाटीमा ग्याङफाइटका लागि सरोजलाई बोलाएका थिए।

![]() |
0 comments:
Post a Comment