VIDEO








बैतडी, ९ मंसिर - आर्थिक अभावका कारण मुटुका बिरामी एक बालकको उपचार हुन सकेको छैन।

बैतडीको देहीमाण्डौ-८ की वशन्तीदेवी ऐरका ५ वर्षका छोरा सञ्जिवको खर्चको अभावमा उपचार हुन नसकेको हो।

श्रीमान र घरपरिवारले वास्ता नगरेपछि छोरासहित माइतीमा बस्दै आएकी ऐरको घर झलारीपिपलाडी नगरपालिका-११ कञ्चनपुरमा छन्। घरको आर्थिक अवस्था कमजोर भएपछि बिरामी छोरासहित उहाँ माइती आउनुभएको हो । माइतीको अवस्था पनि झन नाजुक छ ।

माइतीमा पनि बुवा र भाईको पहिले नै निधन भएकाले ६२ वर्षकी आमा मात्रै हुनुहुन्छ। श्रीमान र घरपरिवारले छोराको उपचार गर्न कुनै वास्ता नगरेकाले वसन्ती माइतीको शरणमा बैतडी पुग्नुभएको हो। छोराको जीवन जोगाइदिन उहाँले आग्रह गर्नुभएको छ।

जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि गएको जेठ र भदौमा छिमेकीको सहयोगले वसन्तीको छोरालाई शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा लगिएको थियो।

काठमाडौंमा चेक गराउँदा मुटुमा प्वाल परेको र छिट्टै शल्यक्रिया गर्नुपर्ने डाक्टरले सल्लाह दिएपछि अहिले वसन्ती आर्थिक श्रोत जुटाउनका लागि हारगुहार गरिरहनु भएको छ। उहाँले छोराको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गुर्न भएको छ।

सहयोग गर्न चाहनेले बैतडी सदरमुकाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ३१०७०१०००५२३३ मा रकम जम्मा गर्न सक्ने उहाँले बताउनुभयो।
SHARE

About tom

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment