NEWS

kusti

लुम्बिनी, ९ मङ्सिर –रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २२६ जना पहलवान भिड्ने भएका छन् ।आगामी मङ्सिर २६ देखि २९ सम्म हुने उक्त प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी २२६ जना पहलवानको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।







गत वर्षदेखि सुरु गरिएको उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरमै नाम कमाएका पहलवान बाबा केशवदास (नागा बाबा), शङ्कर थापा, राजेन्द्र यादवलगायतका चर्चित पहलवानको सहभागिता रहने बजरङ्ग दलका अध्यक्ष जयप्रकाश धवलले बताए ।त्यस्तै भारतका उमाशङ्कर यादव, भुरा सिंह र पथ्थर सिंह पहलवानको समेत प्रतियोगितामा सहभागिता रहने अध्यक्ष धवलले बताए ।




उनका अनुसार, कुस्ती प्रतियोगितासंगै यस पटक भोजपुरी बिरह कार्यक्रम पनि आयोजना गरिने छ । उक्त कार्यक्रममा भोजपुरी गायक बिएम सहानी, हरिकेश यादव र सुनिता यादवलगायतका कलाकारको प्रस्तुति रहने छन् ।प्रतियोगितामा सर्वोत्कृष्ट हुनेलाई पल्सर १५० सिसीको मोटरसाइकल, प्रथमलाई रु ५० हजार १००, द्वितीयलाई एलसिडी टिभी र तृतीयलाई साइकल तथा रु पाँच हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताका लागि करिब रु १२ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्च स्थानीयको पहलमा उठाइएको पनि अध्यक्ष धवलले बताए ।




SHARE

About tom

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment