news


14073453_1472358110.2476_funddescription



के सी शेर अष्टिन, टेक्सास । अमेरीकामा फेरी एक नेपाली युवाको शंकास्पद निधन भएको छ । अमेरीका कन्सासको लरेन्स शहरमा बस्दै आएका ३० वर्षिय अर्जुन ढुंगाना आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । स ुचना प्रबिधिको क्षेत्रमा काम गर्ने एक कम्पनीमा कार्यरत ढुंगाना कार्यालय नगएपछि बुधबार प्रहरीको सहयोगमा सोधीखोजी गर्दा आफ्नै कोठामा मृत अवस्थामा भेटिएको उनका सहकर्मी रोहन पुजारीले बताएका छन् । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको र शवलाई स्थानिय एक चर्चमा राखिएको बताइएको छ । स्थानीय प्रहरीले अर्जुनको मोवाइल फोन तथा कम्पुटरको पनि अनुसन्धान गरिरहेको पुजारीले बताए । करिब ६ महिना पहिलेमात्र नेपाल गएर बिहे गरेर फर्केका अर्जुन अमेरीकामा एक्लै बस्दै आएका थिए भने उनकी श्रीमती तथा परिबार भक्तपुरमा बसिरहेको बताइएको छ । मिलनसार तथा मिजासिला अर्जुनको मृत्युको खबरले लरेन्समा बसोवास गर्ने नेपालीहरु दुखित भएका छन् । अर्जुनको पार्थिव शरिरलाई दाहसंस्कार गर्ने तथा नेपालबाट परिवारका सदस्य बोलाउने बिषयमा छलफल भइरहेको नेपाल अमेरीका एकता समाजका अध्यक्ष शुर्य प्रसाइले जानकारी दिनुभएको छ । उहांका अनुसार शव दाहसंस्कार तथा शोकाकुल परिवारका लागी सहयोग गर्न सबैमा अपिल गरिएको छ ।


सहयोग गर्न इच्छुक यो लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ
SHARE

About tom

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment